गोली शेर्पा कम्युनिटी अमेरिका स्थापना

जुन् १२,२०११ न्युयोर्क, सोलुखुम्बु जिल्ला गोलीको बसोबास गर्ने शेर्पाहरुले आफ्नो गाउ समाजको सामाजिक,धार्मिक, सास्कृतिक तथा अन्य कार्यमा    सहयोग पुराउनको लागि भबिस्यमा सबै गाउसँग सम्बन्धित    कार्यक्रमहरु यो सस्थाले गर्ने गरी गोली शेर्पा कम्युनिटी अमेरिका    स्थापना भएको छ। गोलिको अमेरिकमा बसोबास गर्नुहुने शेर्पाहरुको भेलाले आङ छिरीङ    शेर्पा (उड्साइड्)को अध्यछतामा एक समिती गठन गरियो।    उपाध्यछामा ङिमा शेर्पा, सचिब आङ जाङ्बु शेर्पा, कोशाध्यछ आङ बाबु शेर्पा, सदस्यहरु    फुर्बा लामा शेर्पा,आङ सोना शेर्पा,तेण्जिङ शेर्पा,ल्हक्पा ओङ्छु शेर्पा,    जाङ्बु शेर्पा , (नेपालगन्ज) दोर्जी शेर्पा (छोक्ले) श्रीमति फुटी शेर्पा, लामा ङवाङ शेर्पा, दावा छिरी शेर्पा, श्रीमती छिरिङ् याङ्जी शेर्पा, पासाङ् शेर्पा, दावा नुर्बु शेर्पा, दावा तेण्जिङ शेर्पा लगायत गोलिका अमेरिका बस्नु हुने सबै शेर्पाहरु सदस्य रहने छ। त्यसै गरी सल्लहाकारमा आङ छिरिङ् शेर्पा (अस्टोरिया) र गेलु शेर्पा (उड्साइड) रहनु    भएको छ। सो अबसरमा शेर्पा किदुक अमेरिकाको भुपु अध्यछ श्री छेवाङ नाम्गेल लामा अतिथिको रुपमा रहनु भएको थियो। गोली शेर्पा कम्युनिटिको    प्रथम बैठकको निर्णयबाट आगामी २०११ सालमा गोलीमा सम्पण्न हुण गैरहेको बज्रगुरु थुण्ग्युरको लागि आर्थिक सहयोग सण्कलन् गर्ने कार्य सुरु गरियो।