सोलुखुम्बु जिल्लाको गोलीको परिचय


सोलुखुम्बु जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको उत्तरी भागमा अवस्थित हिमाली जिल्ला हो । विश्व सम्पदा सूचीमा सुचिकृत नेपालको पहिचान सगरमाथा हिमाल यसै जिल्लामा पर्दछ । पूर्वाञ्चलमा सडक सुविधासँग आवद्ध नभएको एक मात्र जिल्ला भएतापनि यहाँका मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्व मानचित्रमा नै प्रसिद्ध रहेको छन । यस जिल्लालाई पर्यटकहरुको सांग्रिला भनेर पनि चिनिन्छ । विश्वका साहसी तथा प्राकृतिक तथा सांस्कृतिक विषयमा चाख राख्नेहरुको लागि यस जिल्लाले सधै आकर्षित गरिरहेको पाईन्छ । यस जिल्ला पूर्वाञ्चलका जिल्लाहरुमा सबभन्दा कम जनघनत्व भएको जिल्लामा पर्दछ । यो जिल्लामा ३४ वटा गाउँ विकास समितिहरू छन । गोली नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो ।गाउँ विकास समितिको नौ वार्ड मध्ये छ वार्ड देखि माथि शेर्पा हरुको बसोबास छ । यहाँ शेर्पा जातिको बिसेस गरि गोले जातिको बाहुल्यता रहेको छ ।बुदा पाका हरुको भनाइ अनुसार पहिले पहिले गोलेहरु बसेकाले नै यो ठाउको नाम गोलि रहन गयको हो भने भनाइ छ । गोलीको पुर्वमा गोराखानी र ताप्तिंग रहेको छ भने पश्चिमा मा रामेछापको बाम्ती भण्डार दक्छिनामा ओखाल्दुन्गाको रावादोलु,भुसिंगा रहेको छ भने उत्तरमा भकान्जे,बेनी र तामाखानी रहेको छ ।

गोलीमा बसोबास गर्ने शेर्पा जातिहरु
यहा बसोबास गर्ने शेर्पा जातिमा प्रमुख गोले जाति रहेको छ अन्य लामा,च्यावा,खम्बचे आदि पनि फाट्ट फुट्ट रुपमा बसोबास रहेको पाइन्छ । शेर्पा जातिको गोलेहरुको प्रमुख थलो नै सोलुखुम्बु जिल्लाको गोली हो र पछि त्यहाँ बाट नै गोलेहरु अरु ठाउमा फैलंदै गयको भन्ने भनाइ बुढा पाकाहरुको छ ।
गोलीमा बसोबास गर्ने शेर्पाहरुले मान्ने चाड पर्वहरु
यस सोलुखुम्बु जिल्लाको गोलिमा बसोबास गर्ने शेर्पाहरुले प्रत्येक महिना नै जस्तो बौध्द मार्गी हरुले मनाउने चाड पर्वहरु गोन्पामा पुजा गरेर मनाउर्दै आएको छ। गोलिका शेर्पाहरुले अन्यत्रको शेर्पाहरुले भन्दा बढी चाड पर्वहरु मनाउछ भन्दा कसैको दुइमत नहोला ।लोसार,डुमजी,न्युने,दुक्पछेजी,यारज्यंग,दशैँ ,तिहार,आसर्छेजी मनाउर्दै आएको छ भने यहाँ भयका सबै गोन्पा हरुमा नियमित रुपले प्रत्येक महिना छेवा चिथाम्बा पनि गर्दै आएको छ । दशैं तिहार जस्ता चाड पर्वमा छेत्री बाहुन हरुले धेरै मारकाट गर्ने (पशुबली दिने)भयकोले बौध्द मार्गीहरुले गोन्पामा पुजा गर्ने चलन धेरै पुरानो हो तर यसको अर्थ हिन्दुहरुले जसरि नै दशैं तिहार मानेको चाहि होइन ।
गोलीको प्रमुख शेर्पा बसोबास गर्ने गाउँहरु
काप्ति,गेप्चुका, मेंदोक्जुंग,कोशिनासा,गोलला,ङऊर् ,खारे,बुल्दादा,नाम्खेली आदि