Wednesday, February 8, 2012

गोलिमा हुने बज्रगुरु पुजा सम्बन्धि बिस्तृत जानकारी

सोलुखुम्बु जिल्लाको गोलि  ८ मा रहेको श्री ओर्गेन संगाग छोलिंग गोन्पामा २०६८ शाल चैत्र १२ गते देखि २९ गते सम्म बज्र गुरु पुजा हुने छ  कार्यक्रममा बौद्ध धर्मका आदरणीय धर्म गुरु क्यब्जे सेचें रब्ज्याम रिन्पोचे को साथमा खेन्पो सांगे रंग्जोंग रिन्पोछे,सेंग्दक टुल्कु रिन्पोचे तथा आचार्य नुर्बु जानु हुने निश्चित भएको छ  बज्रगुरु पुजा सोलुखुम्बु जिल्लाको थुप्तेन छोलिंग गोन्पाको साथै सोलुखुम्बु तथा रामेछाप जिल्लाका भिबिन्न गोन्पाहरु बाट ५०० जना जति लामा हरु जम्मा गराउने आयोजक समितिको लक्ष्य रहेको छ  चैत्र महिना मा दुम्जी त्यसपछि कंग्युर पुजा र त्यसपछि लगतै बज्र गुरु पुजाको शुरु हुने  भएको छ  । बज्रगुरु पुजाको  शुरुमा सेंग्दक टुल्कु रिन्पोचे तथा आचार्य नुर्बु जानु हुने भएको छ भने  आदरणीय धर्म गुरु क्यब्जे सेचें रब्ज्याम रिन्पोचे  तथा   खेन्पो सांगे रंग्जोंग रिन्पोछे  ज्यु  चैत्र २३ गते जानु हुनेछ  । चैत्र २४ गते देखि चैत्र २९ गते सम्म भिबिन्न थरिका वांग हरु प्रदान गर्ने कार्यक्रम रहेको छ यसको लागि बज्र गुरु आयोजक समिति गोलि सोलुखुम्बुले भब्यत्मक तयरी गरिरहेको छ । श्री ओर्गेन संगाग छोलिंग गोन्पामा प्रमुख  लामा बस्ने आवास गृहको  निर्माण भैसकेको छ भने गोन्पालाई मर्मत गराउने,दौरा टिप्ने,बाटोघाटो मर्मत गर्ने,आर्थिक संकलन गर्ने,गोन्पामा पुजाको लागि आवस्यक समान हरु पनि खरिद गर्ने लगायत काम हरु तिब्र गतिमा भैरहेको छ  स्थानीय गाउलेहरुले पनि बज्र गुरु पुजाको तयारीको लागि राम्रोसंग सक्दो सहयोग गरिरहेकोछ  । यसै क्रममा बज्र गुरु अयोकाज समितिले गोलि शेर्पा कम्युनिटी अमेरिकाको सहयोगमा २५०० वाट र २००० वाट को गरि २ वटा जेनेटर खरिद गरि गोलि ८ गोललामा पुर्याई सकिको छ । बज्रगुरु पुजाको लागि  शेर्पा कम्युनिटी अमेरिकाले आर्थिक संकलनको लागि ठुलो सहयोग पुरको छ शेर्पा किदुक बेल्जियमले बज्रगुरु आवधिभर चियाको प्रयोजन गर्ने भको छ । त्यसैगरि  माउन्टेन हेलिकप्टरले बज्रगुरुको बेला गोलीमा जाने प्रमुख लामा हरुलाई निशुल्क लाने तथा ल्याउने व्यवस्था गरियको  छ भने पुजाको लागि आवश्यक पर्ने समानहरु पनि निशुल्क दुवानी गरि रहेकोछ । बज्रगुरुको बेला गोलीमा शुरक्षा व्यवस्था अत्यन्त कडा बनाइने छ जसको लागि अस्थाई चौकीलाई गोली बाट गुम्बा मा सारिने छ भने स्थानीय युवा हरुलाई परिचालन गर्नको लागि वोलिंतर हरुको समूह पनि बनाइने छ । टाढा टाढा  बाट आउने हरुको लागि खाने तथा बस्न सर्व सुलभ मुल्यमा होटेल हरुको व्यवस्था गरिने छ भने आवश्य सामाग्रीहरु खारिद गर्नको लागि आवश्यक पसलहरु पनि राखिने छ  । जाड,रक्सि तथा धुम्रपानको बिक्रि वितरण तथा प्रयोग पुर्णरुपमा  निषेध गरिनेछ । बज्रगुरुको बेला कोही बिरामी परेमा उपचारको लागि स्वाथ्य सेवा केन्द्रको  सुबिधा पनि राखिने छ तयारी भैरहेको छ 
विश्व शान्तिको लागि गरिने बज्रगुरु पुजा बौद्ध धर्मलाम्बिहरुको लागि अत्यन्त महत्वपुर्ण भयकोले  सोलुखुम्बु जिल्लाको गोलीको शेर्पाहरुले आ योजना गर्न पाउनु अत्यन्त खुसीको कुरा हो यसको लागि सबै जना गोलीको शेर्पाहरु लागिपरेको देखिन्छ यो खुसीको कुरा हो जसले गर्दा नै आज हामी बज्र गुरु पुजा सफलता नजिक पुगिरहेको छ